- Loading...
लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको दोश्रो क्याविनेट मिटिङ आज मोरङको सुन्दरहरैंचामा सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- ३२ पटक पढिएको

लायन्स क्लव ३२५ ए वान डिष्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौला लगायतका लायन्सका उच्चपदस्थ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लायन्स निश्वार्थभावले विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै लयान्ससँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नुभयो ।

यस्तै सामााजिक विकास मन्त्री जयराम यादवले आफुपनि लायन्ससँग जोडिएको व्यक्ति भएकाले समाजसेवाको क्षेत्रमा लायन्ससँग हातमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका नगर प्रमुख शिब प्रसाद ढकालले उक्त अबसर लायन्सले संख्यामा भन्दा गुणस्तारमा बिश्वास गर्ने भएकोले नगरपालिकामा रहेरको शाखाहरुले समाजिक क्षेत्रमा नगर जतिकै दायित्व निर्बाह गरेको छ । नगरपालिकाले लायन्सको हरेक गतिबिधिमा सहकार्य गर्ने समेत बताउनु भयो ।
र उपप्रमुख धनमाया तामाङले लायन्सका हरेक गतिविधिमा नगरपालिकाको तर्फबाट सँधै साथ र सहयोग रहने भन्दै विभिन्न विपत्को सायमा लायन्सले खेलेको भूमिकाको प्रशंशा गर्नुभयो । उद्घाटन सत्रपछि सञ्चालन भएको डिस्ट्रिकको क्याविनेट मिटिङले विभिन्नि सामाजिक कामका योजना अघि बढाउने निर्णय गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रमको भवन, दमकस्थित आम्दा अस्पतालमा आकस्मिक भवन, विराटनगरमा बहिरा स्कुलमा भवन लगायतका १५ वटा विकासका योजना अघि बढाउने निर्णय भएको विराटनगर एरिया चिफ चन्द्रमणि गुरागाईंले जानकारी दिनुभयो । मिटिङमा लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकमा पर्ने विभिन्न क्लवहरुबाट १४ सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा जोन चेयर पर्सन मनिता दंगालले जानकारी दिनुभयो ।

