FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय बाघ सर्वेक्षण सुरु, क्यामेराको स्वीच थिचेर मन्त्रीद्वारा उद्घाटन

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    राष्ट्रिय बाघ सर्वेक्षण सुरु, क्यामेराको स्वीच थिचेर मन्त्रीद्वारा उद्घाटन

    बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरुवात गरिएको हो । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गर्दै सर्वेक्षणको समुद्घाटन गरेका छन् । बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाईन्डर, जीपीएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरि क्यामेरा ट्रयापिङ अकुपेन्सी सर्भे विधिबाट बाघ सर्वेक्षण गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कंडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले यसपटकको सर्वेक्षणमा नेपालले लक्ष्य अनुरुप नतिजा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।नेपालमा बाघको बीचरण रहेका राष्ट्रिय वन क्षेत्र, जैविक मार्ग तथा वरपरका वन क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरि तीन वट कम्प्लेक्सहरुमा विभाजन गरिएको छ । बाघ सर्वेक्षण गर्दा चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा, बाँके बर्दिया कम्प्लेक्सलाई चार वटा ब्लकमा र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्सलाई एउटा ब्लकमा विभाजन गरिएको छ । ब्लकहरुलाई २ किमी लम्बाई र २ किमी चौडाई भएका ग्रीडहरु विभाजन गरिएको छ ।चितवन–पर्सामा ८९५, बाँके–बर्दियामा ८१४ र शुक्लाफाँटामा २६० वटा ग्रीडहरु रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने क्षेत्रहरु हेरी एक जोडी स्वचालित क्यामेरा जडान गरिने छ । सर्वेक्षणको क्रममा चितवन–पर्सा कम्प्लेक्समा ७ र बाँके–बर्दिया र शुक्लाफाँटा कम्प्लेक्समा ३/३ वटा हात्ती समेत प्रयोग गरिने विभागले जनाएको छ । बाघ सर्वेक्षणका लागि चितवन–पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिकहरु परिचालन गरिएको छ । उनीहरुले एउटा ब्लकमा १५ दिनसम्म सर्वेक्षण गर्नेछन् । त्यसपश्चात अन्य कम्प्लेक्सहरुमा बाघ सर्वेक्षण हुनेछन् । नेपालभर सर्वेक्षणमा २ सय भन्दा बढी प्राविधिक खटिने छन् ।

    बाघ सर्वेक्षणको सम्पूर्ण कार्यसम्पन्न गर्न ३ करोड ७० लाख रुपैयाँ खर्च हुने विभागले जनाएको छ । विगतका वर्षहरुमा सहयोगी संस्थाहरुको आर्थिक सहयोगमा मात्रै सर्वेक्षण हुँदै आएकोमा यसपटक नेपाल सरकारले बजेट विनियोजन गरेको छ । नेपालमा सन् २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ रहेका थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १९८ वटा बाघ रहेकोमा चितवनमा १२० वटा थिए ।

    पछिल्लो पटक सन् २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन् । नेपाल सरकारले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पु¥याउने प्रतिवद्धता जनाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित