FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विश्व माटो दिवस –२०७८ सम्पन्न

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    विश्व माटो दिवस –२०७८ सम्पन्न

    ‘माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइएको छ। नेपालको सन्दर्भमा भने माटोको अम्लियकरण रोकौ, उत्पादकत्व बढाऔं भन्ने नारा लिएर विभिन कार्यक्रम गरि विश्व माटो दिवस सम्पन्न गरिएको छ। माटोको उर्बरा शक्तिलाई स्वस्थ बनाउ भन्ने उदेश्यले कृषि बिभागले आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्रि महेन्द्र राय यादव, कृषि तथा पशुपन्छि विकासका सचिव, माटो विज्ञहरु साथै विभिन्न क्षेत्रका पदाधिकारीहरुको उपपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छि विकास मन्त्रि महेन्द्र राय यादवले जिवनको पालनकर्ता, युद्धभूमि, जन्म र मृत्युको संगार संभार गर्ने र विश्वको निर्माणकर्ता नै माटो रहेको बताए। उनले उत्पादलाई बढाउन विभिन्न प्रकारका मलखादहरु बढिमात्रामा प्रयोग गर्ने गरेकोले माटोमा अम्लियकरण बढेको हुँदा यसलाई रोक्न नेपाल सरकारले जैविक मलको प्रयोगलाई अघि बढाउनु पर्ने बताए । यस्तै रसायनिक मललाई बढावा दिएको कारण अहिले उत्पादनमा कमि आउन थालेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डेको भनाई छ । उनले मलको अभावले सोचे अनुरुप उत्पादन लिन नसक्ने भएमा महंगाई पनि बढ्न सक्ने उल्लेख गरेकी छिन् । यस्तै नेपालको भूभागमा ५३% माटो अम्लिय रहेको कृषि विभागकि उप–महानिर्देशक जानुका पण्डितले जानकारी दिइन् । उनले माटोको अम्लियपनको सन्दर्भमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरेको बताएकी छिन् ।
    यता पहाडभन्दा तराई क्षेत्रका किसानहरुले धेरैमात्रामा रसायनिक मलको प्रयोग गर्ने भेटिएको कृषि विभागका पूर्व सहसचिव तथा माटो विज्ञ तेज ब. सुवेदीले बताए । ९५% खानेकुरा माटोबाटै उत्पादन गर्ने हुदा दिगो माटो व्यवस्थापन र अमलिय माटो व्यवस्थापनका लागि नेपाल सरकारले यसमा लगानी बढाउनु पर्ने आवश्यक रहेको उनले जानकारी दिए ।
    खाद्य तथा कृषि सङ्गठन (एफ।ए।ओ) को सिफारिसमा संयुक्त राष्ट्र सङ्घ को ६८ औँ महासभाको निर्णयले सन् २०१४ देखि डिसेम्बर ५ का दिन बाट यो दिवस मनाउन सुरु गरिएको हो।नेपालको सन्दर्भमा भने सन् २०१४ डिसेम्बर ५ का दिन कृषि विभागका संयोजकत्वमा काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित