- Loading...
बार्षिक १६ लाख मेट्रिक टन केरा खपत, ६ लाख विदेशकै भर
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


काठमाडौं । भारतिय केरा सस्तो मूल्यमा नेपाल आयात हुने हुँदा नेपाली केराले बजार पाउन कठिन छ । भारतीय केरा स्थानिय भन्दा २० प्रतिशत सस्तो पर्न जान्छ । नेपालमा १६ लाख मेट्रिकटन केराको माग रहेको छ । तर उत्पादन भने १० लाखमात्र भएको हुँदा ६ लाख मेट्रिक टन बाहिरी देशमै निर्भर रहनु पर्ने समस्या रहेको छ । स्थानिय केराले बजार नपाएर बारीमै गलाएर फाल्नु पर्ने समस्याको सम्बोधनका लागि सोमबार केरा महासङ्घ नेपाल तदर्थ समिति गठन गरिएको छ । विभिन्न जिल्लाका केरा सङ्गठनको उपस्थितिमा विष्णुहरी पन्थको अध्यक्षतामा समिति गठन गरिएको हो । उक्त गठन भएको समितिले मंगलबार केरा व्यवसायको सम्भावना, अवसर र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम गरेको हो । गठन भएका समितिले किसानहरूको समस्या समाधानका लागि सरकारसम्म पु¥याइ समाधान गर्न काम गरिने अध्यक्ष पन्थले बताए ।

केरा महासंघले नेपाल सरकार र किसान बिच दुरी घटाउने र सम्बन्ध बढाउने गरी काम गर्ने चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तको भनाइ छ । उनले नेपालमा ६०% मात्र केरा उत्पादन हुदै आएकोमा आगामी दिनमा संघले नेपाललाइ केरामा आत्मनिर्भर बनाउने गरी व्यवसाय गर्नका गर्नका लागि किसानलाई प्रोत्साहन गर्ने बताए ।
यस्तै राष्ट्रिय किसान आयोगकी प्रवक्ता जीवन्ती पौडेलले राज्यको मेरुदण्ड कृषि क्षेत्र हुनुपर्नेमा रेमिटेयन्स रहेको बताए । नेपालको हरेक क्षेत्र कृषि उत्पादनको हिसावले प्रचुर सम्भवना रहे पनि बर्षेनी अर्बाेको खाद्यवस्तु विदेशबाट आयातगर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
नेपालमा वर्षेनी १० लाख मेट्रिक टन केरा उत्पादन हुने गर्दछ भने बजारको माग १६ लाख मेट्रिकटन रहेको छ । केराको बिरुवामा नेपाल आत्मनिर्भर भएता पनि उत्पादनमा अझै आत्मनिर्भर हुन सकेको छैन । जसका कारण विदेशबाट आयात हुने सस्तो केराले नेपाली बजार कब्जा गर्दा नेपाली उत्पादन बारीमा नै कुहिने अवस्था छ । नेपाल कृषि प्रधान मुलुक भए पनि कृषि उत्पादनमा अझै निर्भर हुन सकिरहेको छैन ।

