FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाला जल उद्योगमा आगलागी, दुई करोड भन्दा बढीको क्षति

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    बाला जल उद्योगमा आगलागी, दुई करोड भन्दा बढीको क्षति

    मोरंग । मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ दुलारी लोकमार्ग नजिक रहेको पंकज आयल ट्रेडर्स नजिककै रहेको बाला जल उधोगमा आगलागी भएको छ। बेलुका ४ बजेर २० मिनेट जादाँ उक्त आगलागी भएको उधोगका कर्मचारी इन्द्र गर्तौलाले आगो सल्केपछि उधोगका संचालक श्याम सुन्दर दलानलाई तुरुन्त खबर गरेका थिए। सुन्दरहरैंचा नगरपालिकाको बरुण यन्त्र तुरुन्त खबर गरेपछि आगो नियन्त्रणमा आउन नसकेपछि तत्कालै इटहरी उपमहानगरपालिकाको बरुण यन्त्रलाई खबर गरियो। दुई बारुण यन्त्रले आगो नियन्त्रमा लिन नसक्दा बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र दुहबी नगरपालिकाको बारुण यन्त्र समेत परिचालन गरेको थियो।

    उधोगका कर्मचारी गर्तौलालेका अनुसार उधोगमा पानी उत्पादनका लागि स्टक धेरै भएको हुँदा उधोग संचालनमा नरहेको र बिधुत सर्ट भइ आगलागी हुँदा उद्योगमा रहेको कच्चा पदार्थ, मेसिन, मटर इनभटर जलेर नष्ट भएको बताएका छन् । अन्दाजी २ करोड भन्दा बढीको क्षति भएको उनले दाबि गरेका छन्।

    आगलागी भएको उद्योगमा बारुण यन्त्र संगै स्थानीय र प्रहरी चौकी बलिया, गछिया चौकी , इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी मिलेर आगो २ घण्टा पछि नियन्त्रमा लिएका हुन् । सो जल उधोग पंकज आयलका संचालक श्याम सुन्दर दलानको रहेको जनाएको छ। आगलागीबाट मानवीय क्षति नभएको र समयमै बारुण यन्त्र पुगेपछि उधोग बाहेक अन्य थप क्षति हुन बाट जोगिएको स्थानिय जनप्रतिनिधि रबिन दाहालको भनाई छ ।

    आगलागी भएको ठाउँ नजिकै पेट्रोल पम्प काठको फर्निचर उधोग समेत रहेको थियो। समयमै सबै जुटे संगै आगोले बिकराल रुप लिन सकेन। बास्तबिक केकति क्षति भयो बिबरण आउँन बाँकी रहेपनि २ करोड भन्दा बढी क्षति हुन् सक्ने अनुमान गरिएको छ। यस अघि यस घटना भन्दा २ दिन सोहि वडाको बासबारीमा ट्याक्टरमा पराल बोक्दै गरेको अवसथामा बिधुत लाईनको तार छुन गई ट्याक्टरमा भएको पराल जलेर नष्ट भएको थियो भने समयमै बरुण यन्त्र आइपुग्दा ट्याक्टरमा थप क्षति हुन् सकेन । भविष्यमा हुन् सक्ने यस्ता जोखिमका घटनाबाट अगाबै सचेत हुन् आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित