FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत

    काठमाडौं । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१ औँ विश्व खाद्य दिवसका अवसरमा किसानलाई पुरस्कार वितरण गरेको हो । तरकारी खेतीमा अब्बल धुनीबेँसी नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई १०,१० हजार राशिको पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गरे । कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित