- Loading...
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक हैरान
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको



काटमाठौं । बाँदरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकहरुलाई सुन्तला जोगाउन मुश्किल भएको छ । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरिएको छ । बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर बगैँचा कुर्ने थालेका छन् । वडा, नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयमा बाँदर नियन्त्रणका लागि अनुरोध गरेपनि वास्ता गरेका छैनन् । धान, गहुँ, मकै, कोदोलगायत अन्नबाली क्षति गरेर दुःख दिने बाँदरले पछिल्लो समय सुन्तला खान पल्किएको किसानहरुको गुनासो छ । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीका सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुने गर्दछ ।।

