FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाग्मती प्रदेश कृषि मन्त्रीको जिम्मेवारी बसुन्धरा हुमागाइलाई

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३१ पटक पढिएको
    बाग्मती प्रदेश कृषि मन्त्रीको जिम्मेवारी बसुन्धरा हुमागाइलाई

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बसुन्धरा हुमागाइ नियुक्त भएकी छन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गरेको मन्त्रिपरिषद उनलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री राजेन्द्र पौडेलले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री, एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित