FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • १२ पटक पढिएको
    बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

    शिवा शार्मा, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । नेपालले संन २०२२ सम्म बाघको सख्या २ सय ५० पु¥याउने लक्ष्य राखेको छ । वाघ संरक्षणमा देखिएका समस्या चोरी सिकारीजस्ता चुनौतीपुर्ण विषयमा अध्ययन गर्न वाघ गणना गरिएको हो ।

    राष्ट्रिय बाघ संर्वेक्षण २०७८ अन्र्तगत बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. राम चन्द्र कँडेलको अध्यक्षतामा बाघ गणनाको उद्घाटन गरिएसँगै गणना सुरु भएको हो । राष्ट्रिय बाघ सर्वेक्षण कम्प्लेक्सको गणक कालु थापाले बाघ गणना गर्दा आफै सुरक्षित हुनुपर्ने बताए ।

    यस्तै डब्लु डब्लु एफको तर्फबाट आएका डाक्टर कंचन थापाले यो सर्वे एभ्रिई ४ टु ५ मा हुने नेश्नल टाईगर सर्वे भएको बताए ।

    नेपालले संन २०१० मा रसियाको सेन्टपिटर्स वर्गमा भएको बाघ सम्बन्धी अन्र्तराष्ट्रिय संम्मेलनमा प्रतिवद्धता गरे बमोजिम संन २०२२ सम्म बाघको सख्या २ सय ५० पु¥याउने लक्ष्य राखेको छ । बाघ गणनाको लागि बाँके र बर्दिया कम्पेल्सलाई ४ वटा ब्लकमा विभाजन गर्दै जैविक मार्ग तथा आसपासको क्षेत्रमा ८ सय १६ डिग्रीमा सोचालित क्यामरा जडान गरीने छ । जसमा १४ क्यामरा चुरेक्षेत्रमा जडान गरीने छ भने निकुञ्ज मध्यवती क्षेत्र सामुदायिक वन लगायत अन्य स्थानमा ७ सय २२ डिग्रीमा सोचालित क्यामरा जडान गरी राखिने छ । एउटा डिग्रीमा कम्तीमा १५ दिन सोचालित क्यामरा राखिन्छ र एउटा ब्लकमा कम्तीमा २३ दिन काम गर्ने समय लाग्छ भने बाघ गणनाको अवधि ३ महीनासम्म रहने छ । बाघ गणनाका लागि ७ वटा गु्रप र प्र्रत्येक ग्रुपमा ६ जना गणकहरु सम्लग्न हुने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए ।

    यसरी गरेको बाघ गणनाले जैविक विविधताको संरक्षणमा जोड दिन सहयोग पुग्ने ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठको भनाइृ छ ।

    बाघको गणना क्यामरा टियापिङ्ग र बाघको पब मार्गको माध्यमबाट गरीने, बर्दिया र बाँके कम्पेलेक्सलाई ४ वटा ब्लकमा विभाजन गरीएको छ । बर्दिया बाँके कम्प्लेक्स अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज ,मध्यवर्ति क्षेत्र , खाता कर्णाली तथा आसपास क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्र कम्दी जैविक मार्ग लगायत आसपासको क्षेत्रमा क्यामरा राखेर बाघ गणना गरीने छ । बाघ संरक्षणमा भएको समस्या, चोरी निकासीको विषयमा पनि आँकलन गर्नका लागि बाघ गणना आवश्यक रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर रामचन्द्र कँडेलको भनाइ छ ।

    नेपालमा संन २००९ देखी बाघ गणना राष्ट्रिय रुपमा सुरुवात गरिएको हो । संन २००९ मा १ सय २१ , २०१३ मा १ सय ९८ र संन २०१८ को सर्वेक्षणमा २ सय ३५ बाघ नेपालमा रहेको निकुञ्जले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित