FLASH NEWS
- Loading...
एक सय घडियाल गोही नदीमा छोड्ने तयारी
- कृषि टि.भी.
- १ साल अघि
- २८ पटक पढिएको



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकेको केन्द्रले जनाएको छ । प्रजनन केन्द्रमा हाल ८ सय ५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही नदीमा छाडिने छ । राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिँदै आएको छ । केन्द्रका अनुसार हालसम्म विभिन्न नदीमा एक हजार ५ सय ८५ गोही छाडिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।।

प्रतिक्रिया दिनुहोस
