FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने निर्णय

    • कृषि टि.भी.
    • १ साल अघि
    • ११५ पटक पढिएको
    कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने निर्णय

    काठमाडौं । प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई . ३१ करोड अनुदान दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निर्णय गरेको छ । बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड अनुदान दिने निर्णय गरेको हो । अनुदान रकम विश्वविद्यालयका लागि प्रदान गर्ने निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयको कार्यविधि, बोर्ड तथा पदाधिकारी नियुक्तिपछि मात्र हुने छ ।

    सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन । सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ भने विश्वविद्यालयका उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरिसकेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित