FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नयाँ–नयाँ प्रविधिलाई उपयोग गर्दै उत्पादनमुखी बनाउनुपर्छः माधव नेपाल

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३५ पटक पढिएको
    नयाँ–नयाँ प्रविधिलाई उपयोग गर्दै उत्पादनमुखी बनाउनुपर्छः माधव नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घको कार्यक्रममा उनले गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका हुन् । उनले उत्पादनका स्रोत तथा साधनमा हुने सामूहिक नियन्त्रणले मुलुकमा समानता तथा न्यायोचित वितरण प्रणालीलाई समेट्ने बताए । देश विकासका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै उनले कृषि तथा पशुपालनमा लागेका कृषकलाई लाभान्वित हुने गरी आवश्यक सहुलियतका नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

    अध्यक्ष नेपालले विश्वपरिवेशमा विकास भएका प्रविधि यस क्षेत्रमा प्रयोग गर्न कृषक चनाखो हुनुपर्ने बताउँदै उनीहरुको जीवनस्तर सुदृढ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । विविधतायुक्त मुलुकमा उत्पादन हुने वस्तुलाई राष्ट्रिय उपभोगमा खपत गर्नसकेमा आयात प्रतिस्थापन हुन सक्ने उल्लेखगर्दै उनले त्यसले व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए ।

    कार्यक्रममा बिभिन्न स्थानका किसानहरुलाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित