FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बल्ल बन्नेभयो २०७१ सालको बाढीबाट प्रभावित भएका गुलरिया रामपुर टापुका पीडितको आवास

    • कृषि टि.भी.
    • १ साल अघि
    • २९ पटक पढिएको
    बल्ल बन्नेभयो २०७१ सालको बाढीबाट प्रभावित भएका गुलरिया रामपुर टापुका पीडितको आवास

    शिवा शार्मा, बर्दिया । २०७१ र २०७४ सालमा आएको बाढीले प्रभावित बनेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका रामपुरका पिडितलाई कारितासा नेपाल जर्मन र गुलरिया नगरपालिले आवास निर्माण गरिदिने भएको छ । लामो समयपछि अवास निर्माण हुने भएपनि पीडितहरुमा खुशीयाली छाएको छ । गुलरिया नगरपालिकाको समन्वयबाट कारितास नेपालले घर निमार्णमा सहयोग गर्ने भएको हो । गुलरिया नगरपालिकाले ३ लाख र कारितास नेपालको १ लाख २१ ह्जार सहयोगबाट घर निमार्ण हुनेभएपछि बाढी पिडीतको अनुसारमा खुसी छाएको छ ।।

    कारितास नेपालले पीडित, विपन्न बर्गहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको छ । गुलरिया नगरपालिका वडा न. ४ रामपुर टापुका बाढी पिडितहरुको दयनीय अवस्था देखेर सहयोग गरेको जनाएको छ । आवास निर्माणका लागि विभिन्न डोनरहरुसंग अप्रोज गर्दा कारितास जर्मनीबाट सहयोग प्राप्त भएको क्षेत्रिय अफिसर जनक शर्माले बताए ।

    यता, बाढी पिडितलाई जग्गा दिएका जग्गाधनीले भने हालसम्म पैसा नपाएको बताएका छन् । २०७४ सालमा पिडितलाई जग्गा पास गर्दा १९ लाख ७५ हजार पाए पनि अरु रकम नपाएको गुनासो जग्गा धनीको छ ।

    नगरपालिकाले भने कारितास र नगरपालिका बिच घर बनाउँन सहमति भैसकेको जनाएको छ । ४२ घर निर्माण गर्नुपर्नेमा केही घर कैलास नगरमा र पहिलो चरणमा २७ वटा घर बनाउने सहमति भएको नगरपालिको जनाएको हो ।

    गुलरिया नगरपालिका वडा न. ४ रामपुर टापुका ४२ घरको गाँउ बाढीले पुरै बगाएको थियो । त्यस गाँउमा बसोबास गर्ने मानिसहरुलाई दैविप्रकोप उद्धार समितीले गुलरिया नगरपालिका वडा न. ४ को फुटबल मैदानमा अस्थाई टहराहरु बनाएर राखेको थियो । हाल नेपाल सरकारले गुलरिया नगरपालिका मार्फत बाढी पिडितको आवास निमार्णका लागि १ करोड २६ लाख रुपिया दिने भएको छ तर सो रकमले ४२ घर निमार्णका लागि अपुग हुने भएपछि कारितास नेपालले सहयोग गरेको हो । बाढी पीडितहरुको घर वडा न. ४ को कैलास नगर र रामपुर बस्तिमा निमार्ण गरीने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित