
- Loading...
सुन्दरहरैंचामा पुर्वाञ्चल पब्लिक स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको

बिधालयले पढाउने मात्र होइन सामाजिक उतरादायित्व समेत निर्बाह गर्छ भन्ने ज्वलन्त उदाहरण समेत प्रस्तुत गरेको छ – एक निजि बिधालय पुर्वाञ्चल पब्लिक । मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको एक निजि बिधालय पुर्वाञ्चल पब्लिक स्कुलले पढाउने मात्र होइन बालबालिका, बिधार्थी, अभिबाबक र बिपन्न बर्ग जो स्वास्थ्यको पहुचबाट बन्चित छन् उनीहरुको स्वास्थ्य प्रति जागरुप र सचेत बन्न निशुल्क स्वास्थ शिबिर समेत संचालन गरेका छन्।

गत बर्ष झैँ यस वर्ष पनि बिधालयले निशुल्क स्वास्थ्य शिबिर गर्दै नागरिक स्वास्थ्य उपचार सेवा केन्द्र इटहरी र जनसेवा डेन्टल क्लिनिक इटहरीको प्राबिधिक सहकार्यमा संचालन गर्दै ४ सय भन्दा बढी ब्यक्क्तिले स्वास्थ्य लाभ लिएका छन। यस स्कुलको स्थापना काल देखि नै स्वास्थ्य शिबिर गर्दै आएको र बार्षिक कार्ययोजना बिधालयको क्यालेन्डर अनुसार काम गरि आयोजना गरेको विधालयका प्रिन्सिपल सन्तोष कुमार राईले बताए।
शिविरमा विशेष गरी फिजिसियन, हाड जोर्नी, छाल रोग , बाथ, डेन्टल, स्त्री रोग रगत जाँच गरि स्थानियलाई जनचेतनासमेत गराइएको थियो। सुनसरी नागरिक स्वास्थ्य उपचार केन्द्रका संचालक गोपाल गुरुङले बिभिन्न स्कुल र टोल बिकास संस्था , ग्रामिण क्षेत्रमा यस्ता स्वास्थ्य उपचार शिबिर संचालन गर्दै आएको बताए।
बालबालिकामा उमेर नपुगी दाँत फुकाल्ने र बृद्धबृद्धामा बढी दाँत सम्बन्धि समस्या भएर उपचार गर्न आएको दन्त चिकित्सक डा. अबिशन थापाको भनाई रहेको थियो।
बिधालयले सामाजिक उतरादायित्व पुरा गर्दै बिधार्थी, अभिभाबक र स्थानीय जनतामा १ दिने स्वास्थ्य परिक्षण शिबिर संचालन गर्दै कोभिडको महामारीको बेला हस्पिटल सम्म स्वास्थ्य उपचार गर्न नसक्ने बिरामीको हकमा शिबिर उपलब्धिमुलक रहेको विधालयका अध्यक्ष मोहन ढकालले बताए।
यस किसिमको स्वास्थ्य शिबिरमा निशुल्क परिक्षण गर्न आएका बिरामीले राहत पाउँदा बिधालयले समाज प्रतिको उतारादायित्व निर्वाह गरेको प्रति स्थानिय खुसी थिए।

