FLASH NEWS
- Loading...
मकवानपुरमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन धान उत्पादन
- कृषि टि.भी.
- १ साल अघि
- १६ पटक पढिएको


काठमाडौं । मकवानपुरमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यसवर्ष जिल्लामा धान उत्पादन वृद्धि भएको छ । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएको थियो । यसवर्ष भने ४६ हजार ६ सय ७७ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण धान उत्पादन बढेको बताइएको छ । जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने केन्द्रले जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस
