- Loading...
सरकारले समयमै धान खरिद नगरेपछि कम मुल्यमा ब्यापारीलाई धान बेच्न किसान बाध्य
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


राम मण्डल, पर्सा । सरकारले यसपालि समयमै किसानहरुले उत्पादन गरेको धान खरिद नगर्दा प्रदेश २ का किसानहरु गल्ला ब्यापारीलाई कम मुल्यमा धान बेच्न बाध्य भएका छन । समयमै सरकारले खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेडमार्फत किसानहरुको धान खरिद नगरेपछि बाध्य भएर प्रदेश २ का पर्सा,बारा र रौतहटका किसानहरुले कम मुल्यमै आफनो धान गल्ला ब्यापारीलाई दिन बाध्य भएका हुन । सरकारले यस बर्षका लागि निर्धारण गरेको धानको समर्थन मुल्य भन्दा प्रति क्विन्टल ४ सय देखि ५ सय रुपैया कममा नै किसानहरुले धान बेच्नु परेको छ । खाध ब्यावस्था तथा ब्यापार कम्पनीले किसानहरुको धान खरिद नगर्दासरकारले तोको मुल्य भन्दा कममा धान बेच्नुपर्दा धेरै नै घाटा व्यहोर्नुपरेको गुनसो किसानहरुको छ । धान खाध ब्यावस्था कम्पनीलाई बिक्री गर्दा राम्रो मुल्य पाउने भएपनि अहिलेसम्म पनि कम्पनीले धान खरिद नगर्दा कम मुल्यमै भएपनि धान बेच्नुपरेको बताउँछन् वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीका किसान राजिव साह ।

यस बर्ष सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७ सय ५२ र मध्यम किसिमको धानको दुई हजार ९ सय २ रूपैयाँ तोकेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो । गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७ सय ३५ र मध्यम धानको मूल्य दुई हजार ८ सय ८५ तोकिएको थियो । तर, समयमा धान खरिद नगर्दा बढेको मुल्यको किसानहरुले लाभ लिन सकेका छैनन् । यता, धान खरिदको जिम्मा पाएको खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेड वीरगञ्ज भने अबको एक दुई दिनमै कम्पनीले धान खरिद गर्ने बताउँछ । धान खरिदको लागि पत्र आएको र सबै तयारी पुरा भएको बताउँदै कार्यालयका प्रमुख बिकाश कटुवालले धान कम्पनीमा बिक्री गर्न ल्याउदा सुकेको धान ल्याउन तथा बढी भुष भएको धान नल्याउन आग्रह गरे ।
प्रदेश २ मा रहेको पर्सा बारा र रौतहट गरि तीन वटा जिललाका किसानहरुले उत्पादन गरेको सोना मन्सुली र जिरा मसिनो धान खाध ब्यावस्था तथा ब्यापार कम्पनी लिमिटेडको कार्यालय वीरगञ्जले खरिद गर्दै आएको छ । कम्पनीले यस बर्ष १५ हजार क्विन्टल सोना मन्सुली र ३ हजार क्विन्टल जिरा मसिनो धान खदिर गर्ने लक्ष्य राखेको छ । किसानको धान खरिद गर्दै आएको कम्पनीले चाँडै धान खरिद नगर्दा किसानहरु गल्ला ब्यापारीबाट ठगिएका छन् ।

