FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गुलरिया नगरपालिकाका दिपक दम्पत्ति आठ बर्षदेखि वंगुर व्यवसाय गर्दै

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    गुलरिया नगरपालिकाका दिपक दम्पत्ति आठ बर्षदेखि वंगुर व्यवसाय गर्दै

    शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न. ८ बस्ने युवा दिपक रामजाली मगर र उनको श्रीमती प्रिती श्रेष्ठ विगत ८ वर्ष देखी गुलरिया वडा ८ सुरजपुर गाँउमा बंगुर फर्म संचालन गर्दैआएका छन् । व्यवसाय सञ्चालन गरेको लामो समय वित्दापनि संघ ,प्रदेश र स्थानिय निकायबाट आर्थिक अनुदान र प्राविधिक सहयोग समेत हालसम्म नपाएको गुनासो दम्पतीको छ । उनीहरुले ब्ांगुरपालन ब्यवसाय सम्बन्धी कुनै तालिमहरु नलिएकोले बंगुरका पाठा हुर्काउन समस्या भएको र बंगुरको पाठाहरु मर्ने गरेको गुनासो समेत गरे । राम्जालीले व्यसायमा लागेका कृषकहरुलाई सहयोग, राहत लगायत प्राविधिक ज्ञानमा सरकारले सहयोग गर्नु पर्ने बताए ।

    दिपककी श्रीमति प्रितीले वंगुर पालन सम्बन्धि तालिम आवश्यक छ सम्बन्धित निकायहरुमा तालिम सञ्चालनको लागि आग्रह गरेपनि वेवास्ता गरिएको बताइन् । व्यवसायमा लागेपनि आवश्यक ज्ञानको कमीहुदाँ र प्राविधिक ज्ञान नहुदाँ धेरै वंगुर मरेको उनले गुनासो गरीन् ।

    यता, पशुपन्छी ब्यवसाय गर्न चाहने युवाहरुका लागि गुलरिया नगरपालिका वडा न. ८ ले के योजना ल्याएको छ भनि बुझदा हालसम्म पशुपालन सम्बन्धि योजना नल्याएको जनाएको छ । वडाका अध्यक्ष धर्मैन्द्र कुमार बानियाँ पशुपालनसम्बिन्धि योजना नभएपनि बोरिङ्ग,स्प्रे टङ्गकी वितरण र वीउ बिजन समय समयमा किसानहरुलाई वितरण गर्दै आएको बताए ।

    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दिया द्धारा संचालित पशु स्वास्थ्य कार्यलयकाले पशुपन्छी ब्यवसाय गर्ने कृषकहरुले कार्यालयमा सम्र्पक राखे आवश्यकता अनुसार सेवा दिने बताएको छ । कार्यालयका पशु प्राविधिक अनिल कुमार शर्माले वंगुर पालन व्यवसायीहरुलाई जुकाको औषधी, खोर निर्माण, भ्याक्सिन निशुल्क उपलब्ध गराउन सक्ने बताउँदै प्राविधिक सेवाको लागि कार्याल्इ तत्पर रहेको बताए । व्यवसाय फष्टाउनको लागि खोर ब्यवस्थित हुनुपर्ने उनको छ ।

    फर्ममा साना ठुला भाले पोथी गरी ६० वटा बंगुर छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित