- Loading...
भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच सहमित
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


काठमाडौं । राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच सहमित भएको छ । तीन बुँदे सहमतिभएसँगै चितवन माडी नगरपालिका–९ बाँदरझुलाका जनताले लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गरेका छन् । भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत संकलन गरिसक्ने सहमति भएको छ । त्यस्तै, जग्गा नापजाँचको सूचना प्रकाशित गर्ने र लगत संकलनको निवेदन दिएकै दिन जग्गा नापजाँचको निस्सा वितरण गर्नेसहमित भएको छ । विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति पनि भएको छ । सरल, सहज र सुलभ रुपमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गर्न पाउने वातावरण बनाउन वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति पनि भएको छ । बाँदरझुलाका बासिन्दा लालपूर्जाका लागि दबाव दिन आइतबार काठमाडौं आएका थिए ।आइतबार काठमाडौंमा आएर प्रदर्शन गरेका उनीहरुले सोही दिनदेखि माइतीघरमण्डलामा अनिश्चितकालीन रिलेअनशन शुरु गरेका थिए ।।


