- Loading...
मोरंग सुन्दरहरैचमा कृषि बजार निर्माणका लागि ११ करोड बराबरको सम्झौता
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


एल.एन गच्छदार, मोरङ । शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मोरंग सुन्दरहरैचा नगरपालिकामा रहेको बुधबारे कृषि बजार आयोजना निर्माणका लागि ११ करोड ४१ लाख ५० हजार रकम बराबरको सम्झौता भएको छ । सुन्दरहरैचा नगरपालिकाको बृहतचोक वडा नंं ९ स्थित बुधबारे हाटबजारलाई व्यवस्थित गर्न र कृषि बजारको रुपमा विकास र विस्तार गराउने उद्देश्यका साथ “बुधबारे कृषि बजारको पूर्वाधार निर्माण तथा बिकासका लागि सोमबार सुन्दरहरैचा नगरपालिका र नगर विकास कोष बीच सम्झौता भएको हो ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए । बुधबारे कृषि बजारलाई एग्रिकल्चर मार्केट बनाउनका लागि थप २० प्रतिशत रकम नगरपालिकाबाट बेहोरिने नगर प्रमुख शिव प्रसाद ढकाले जनकारी दिए ।
सुन्दरहरैचा नगरपालिकाको करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको आयोजना नगरपालिकाको महत्वपूर्ण कृषि पूर्वाधार आयोजनाको रुपमा समेत रहेको नगर प्रमुख ढकालले बताए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने अव्यवस्थित कृषि बजार व्यवस्थित हुने र यस आयोजनाले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।।

