- Loading...
सुदूरपश्चिमका उत्कृष्ट पाँच किसान पुरस्कृत
- कृषि टि.भी.
- १ साल अघि
- १४९ पटक पढिएको


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कृत गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले एक जना किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो । कञ्चनपुर भिमदत्त नगरपालिका–१० मा केरा खेती गर्दै आएका किसान पूर्णसिंह साउँद सर्वोत्कृष्ट कृषकमा सम्मानित भएका थिए । यस्तै उत्कृष्ट चारमा पर्ने डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का तरकारी कृषक दत्तराम अवस्थी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० का गाईपालन कृषक रमेशबहादुर धानुक, डोटी जोरायल गाउँपालिका–१ का तरकारी कृषक खडकबहादुर मल्ल र डडेल्धुरा आलिताल गाउँपालिका–७ का शोभाकुमारी बोहरा हुन् । सर्वोत्कृष्ट कृषकलाई एक लाख र उत्कृष्ट कृषकहरुलाई जनही ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।।


