- Loading...
बर्दिया जिल्लाको खैरेनी गाउँमा रहेको सतखलवा सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइ
- कृषि टि.भी.
- १ साल अघि
- ३० पटक पढिएको


शिवा शर्मा । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ खैरेनी गाउँमा रहेको सतखलवा तालले पर्यटकको मन लोभ्याउँदै छ । आज भोली दैनिक हजारौंको संख्यामा पर्यटकहरु पिकनिक र घुमफिरका लागि सतखलवा ताल पुग्न थालेका छन् । गुलरिया स्थानीय घर भएका बाबुराम पौडेल पनि ताल अवलोकनका लागि खैरेनी गाउँ पुगेका थिए । राष्ट्रिय निकुञ्जको बफरजोनमा पर्नै ताल धेरै रमणीय क्षेत्र रहेको बताए । पौडेलले अनेक प्रजातीका चराहरु, अनेक जनावरहरु सहजै देख्न पाइने यस क्षेत्रलाई राज्यले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

सतखलवा तालमा दैनिक हजार देखि पन्ध्र सय सम्म पर्यटक घुम्न पुग्छन् । लकडाउन अघि खासै पर्यटकको रोजाइमा नपरेको ताल केही समयदेखि भने रोजाइमा परेको छ । गाउँ भन्दा हल्का चिसो र सुन्दर शान्त ठाउँ सतखलवामा सबै प्रजातिका चराचुरुङगी, जङगली जनावारहरु देख्न पाइने साथै ढुङ्गा सयर गर्न पाइन्छ ।
पछिल्लो समय पर्यटकको रोजाइमा पर्न सफल यो ताल पिकनिक स्थलको रुपमा पनि परिचित छ । तर, प्राकृतिक सौन्दर्यले परिपूर्ण तालको पूर्वाधार विकासमा भने ध्यान नपुगेको सतखलवा ताल उपभोक्ता संरक्षण समितिका अध्यक्ष चन्कु थारुले बताए ।
यता, नगरपालिकाले भने ताल संरक्षण क्षेत्रको योजना नगरपालिका गठन भए देखि नै सुरु भएको बताएको छ ।
ताल वरपर कुनैपनि कंक्रिट संरचना नबनाउने र सिमसार क्षेत्रलाई जे जस्तो अवस्थामा छ सोही प्राकृतिक सुन्दरतालाई संरक्षण गर्ने नगरपालिकाले जनाएको छ । रुखहरुमा भीउटाउवरहरु बनाउने र जल यात्राको लागि काठकै ढुङ्गाहरु बनाउने लक्ष लिएको नगरपालिका प्रमुख दुर्गा बहादुर चौधरीले बताए ।
ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि खैरेनी गाउँमा दश वटा होसस्टे पनि सञ्चालनमा छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गको बैदि चोकबाट ५ किलो मिटर उत्तर पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित छ सतखलुवा ताल । कुनै समयमा माछा पालन र सिचाइका लागि उपयोग गरिएको यो ताल अहिले सिमसार क्षेत्रको रुपमा संरक्षण गरिएको छ । निकुञ्ज भित्रका चुरे पहाडका सातवटा खोलाको पानी मिसिएर जम्मा भएकाले यो तालको नाम सतखलवा राखिएको किवंदन्ती छ । विश्वकै दुर्लभ पाटे बाघ, चितुवा, चित्तल, सालक, अजिङ्गर लगाएत जंगली जनावरको वासस्थान हो । ४० हेक्टर क्षेत्रमा पैलिएको ताल क्षेत्रमा बोटिङ, पैदल यात्रा, माछा, चरा, जंगली जनावर लगाएत विभिन्न प्रजातिका फुल तथा वनस्पतीहरुको अवलोकन गर्न सकिन्छ ।

