
- Loading...
अष्ट्रेलियामा शेफको काम छाडेर ५० वर्षिय शुशिल रिसाल अहिले गाई र बाख्रा पालन गर्दै
- कृषि टि.भी.
- १ साल अघि
- १३ पटक पढिएको


काठमाडौं । लखनौमा होटल म्यानेजम्यान्ट पढेर अष्ट्रेलियामा ९ वर्ष शेफको काममा गरेर नेपाल फर्किएका ५० वर्षिय शुशिल रिसाल अहिले कृषि पेशामा लागेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ ददीकोटमा ददिकोट कृषि फार्म सञ्चालन गरेका रिसालको फर्ममा एउटा जर्सी र हल्सटेन गरी ३८ वटा गाई, लोकल, खरी, जमुनापारी र बोयर जातका बाख्रा छन् । एउटा गाईले दैनिक ३५ लिटरसम्म दुध दिन्छ । उत्पादित दुध डेरीमा हैन सिधै उपभोक्क्ताको दैलो दैलोमा पु¥याउँछन् रिसाल । विना मिसावट शुद्ध गाईको दुध विक्री गर्दै आएका रिसाल उपभोक्तालाई शुद्ध र गुणस्तरिय दुध उपलब्ध गराउने प्रतिवद्धताका साथ अघि बढेका छन् ।

उनको काममा भाईले पनि सहयोग गर्छ । दाजु भाई मिलेर फर्म सञ्चालनमा ल्याएका हुन् । रिसाललाई कृषि पेशामा लाग्न रहर त थियो तर ज्ञान थिएन । भाई सरद रिसाल भने केही हदसम्म पशु पालन सम्बन्धि जानकार थिए । भाई गाई पालन व्यवसायमा जानकार हुदाँ दाईलाई पनि सोही व्यवसायमा लाग्न आट आयो ।
बर्खामा घाँस पाइएपनि हिउँदमा पानीको अभावले गर्दा गाई र बाख्रालाई घासको सट्टा खोले, चोकर, दाना र भुसामै भर पर्नुपरेको उनी बताउँछन् । यदि पालिकाबाट पानीको सुविधा भए व्यवसाय गर्न सहज हुने उनको भनाई छ ।
साढे ३ रोपनी जग्गामा गाईबाख्रा पालेका छन् भने साढे ४ रोपनी जग्गामा घाससँगै तरकारी लगाएका छन् । उनको फार्ममा दुई करोड भन्दा बढी लगानी भैसकेको छ । उनको फार्ममा प्रत्यक्ष ६ जनाले रोजगारी पाएका छन् ।।

