FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ज्ञापन पत्र बुझाउन गएका किसान माथि गुलरिया वडा न. ९ का वडा अध्यक्ष गुन्डागर्दी शैलीमा उत्रिए

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    ज्ञापन पत्र बुझाउन गएका किसान माथि गुलरिया वडा न. ९ का वडा अध्यक्ष गुन्डागर्दी शैलीमा उत्रिए

    शिवा शार्मा । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा न. ९ का वडा अध्यक्षले किसानहरुमाथि गुन्डागर्दी शैलीमा उत्रिएका छन् । ज्ञापन पत्र बुझाउन कार्यालय पुगेका किसानहरुलाई वडा अध्यक्ष हरि प्रसाद पासवानले आफना भाई, भतिजा र पार्टीका कार्यकर्ताहरु लगाएर कुटपिट गरेका छन् । गत असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल बर्षाबाट क्षति व्यहोरेका पीडित किसानहरु सरकारले दिने राहात लिस्टमा नाम छुटेपछि वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए । बेमौसमी वर्षातका कारण धेरै किसानले क्षति व्यहोर्नु पर्यो । बर्षातका कारण १५ सय किसानले क्षति व्यहोर्नु परेको निवेदन वडामा दर्ता गराएका थिए । तर, वडाले सात सयको मात्रै नाम राहातको लागि नगरपालिकामा पठाएपछि पीडित किसानहरु वडामा ताला बन्दी लगाउन र वडा अध्यक्षको पुत्ला जलाउन पुगेका थिए ।

    लालपूर्जा सहित क्षतिपूर्तिका लागि वडामा निवेदन दिएका किसानहरुको न नाम छ नत निवेदन नै ।

    राहात माग्न स्थानीय सरकारको ढोका ढकढकाउन पुगेका पीडित किसानलाई वडा अध्यक्षले हरि प्रसाद पासवानले टेपरी गाँउबाट मान्छेहरु बोलाएर पिटे ।

    किसानहरुले ८ सय किसानहरुको नाम छुटेको बताइरहदाँ आफना आसोपासे र नातोदारको मात्र नाम लिस्ट पठाउने वडा अध्यक्ष पासवान भने केहीको मात्र नाम छुटेको बताउँछन् ।

    यता, नगरपालिकाले भने वडाबाट संकलित डाटा जिल्ला प्रशासन कार्यालय पठाइसकेको जनाएको छ । छुटेका किसानको बारेमा प्रशासनसँग कुरा गर्ने नगरपालिका प्रमुख मुक्तिनाथ यादवले बताए ।

    २९ गते देखी कार्तिक २ गते सम्म परेको अविरल वर्षाबाट पीडित किसानहरुको नेपाल सरकारले दिने राहात लिस्टमा नाम छुटाउने वडा कार्यालयले किसानहरुलाई राहात दिन पर्छ । त्यतिमात्रहैन मनपरी गर्ने वडा अध्यक्ष र किसानमाथि हातपात गर्ने कार्याकर्तालाई कारबाही गर्न जिम्मेवार निकायको ध्यान पुगोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित