FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहकारी क्षेत्रमा देखिएको समकालीन समस्या र तरलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    सहकारी क्षेत्रमा देखिएको समकालीन समस्या र तरलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालको वित्तिय तथा सहकारी क्षेत्रमा देखिएको समकालीन समस्या र तरलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तरलता व्यवस्थापन अभियानले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सहकारी क्षेत्रमा देखा परेका तरलता र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

    संघिय सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता व्यवस्थापनमा जिम्मेवार निकाय एक जुट हुनुपर्ने बताएका छन् । ललितपुरमा तरलता व्यवस्थापनमा अभियानको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै उनले सहकारी क्षेत्रमा देखा परेको तरलता व्यवस्थापनका लागि सहकारी क्षेत्र एकजुट हुन आवश्यक रहेको बताए हुन् । वित्तिय क्षेत्रको महत्वपुर्ण हिस्सा सहकारीमा देखा परेका नीतिगत, सहकार्य जुनसुकै समस्या समाधानका लागि सहकारी विभाग सधै तयारी अवस्थामा रहेको बताए ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइले पर्याप्त नियमनको अभाव, डिजिटल प्रोडक्ट नहुनु, कानुनी, नीतिगत अवरोध, व्यवसायिक जनशक्तिको अभाव, सुसानको कमी लगायतका समस्याहरु रहेको बताए ।

    कार्यक्रममा सहभागी भएका विभिन्न सहकारी संघ सस्थाका प्रतिनिधिहरुले सन्दर्भ ब्याज सम्बन्धी जिज्ञासा राखेका थिए ।

    सहभागीहरुको जिज्ञासामा नेफस्कुनका अध्यक्ष तथा सन्दर्भ ब्याज समितिका सदस्य परितोष पौडेलले यसका लागि सहकारी विभाग, समिति सबै सहकार्य छलफल गरेर अगाडी बढिरहेकाले छिटै निर्णय प्रक्रियामा पुग्ने बताए ।

    बाग्मती प्रदेश सहकारी संघ, ललितपुर बहुउद्देश्ययी सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लिमिटेड ललितपुर, राष्ट्रिय सहकारी बैँक, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी र नेफस्कुन ललितपुर फिल्ड कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न सहकारीमा आवद्ध सहकारीकर्मीहरुको उपस्थिति थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित