- Loading...
अज्ञात रोगले सुन्तलाको बोट मर्न थाले
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


काठमाडौं । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि सुन्तलाका बोट मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषक पछिल्लो तीन वर्षयता समस्यामा परेका छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकामध्ये २० प्रतिशत मात्रै सुन्तला बिक्री गर्न सकिएको उनीहरुले बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यस वर्ष भने गाउँभरि फैलिएको छ ।

‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने तथा पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे पनि सम्भव हुन सकेको छैन । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा रोग भित्रिएको बताइएको छ । यता, कृषि ज्ञान केन्द्रले भने सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने जनाएको छ । समस्या समाधानका लागि निरन्तर अध्यनन भइरहेको केन्द्रले जनाएको छ ।

