FLASH NEWS
- Loading...
पशुपन्छीमा खोप अभियान सञ्चालन हुने
- कृषि टि.भी.
- १ साल अघि
- ३० पटक पढिएको


काठमाण्डौ । पशुपालनका लागि अत्याधिक राम्रो सम्भावना भएको लमजुङमा चालू आर्थिक वर्षबाट थप एक स्थानीय तहमा पशु पुर्ण खोप कार्यक्रम सञ्चालन हुने भएको छ । गत आर्थिक वर्षमा बेसीसहर र मध्यनेपालमा कार्यक्रम सञ्चालन गरेको गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षबाट सुन्दरबजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । पशु पुर्णखोप घोषणाको तयारी गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ । पशुपन्छीको राम्रो सम्भावना रहेको लमजुङमा गाई, भैंसी, भेडा बाख्रा, कुखुरा लगायतको व्यावसायिक पालन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस
