
- Loading...
ललितपूर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ औँ बार्षिक साधारण सभा सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको



ललितपुर । ललितपुर जिल्ला बचत तथा रिण सहकारी संघ लिमिटेडले २७ औं बार्षिक साधारण सभा मनाएको छ । कार्यक्रममा संघका अध्यक्ष रामहरि बजगाईले सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधान गर्न सबै निकाय एक जुटहुनुपर्ने बताए । उनले सबै पक्षहरुले आ आफनो जिम्मेवारी र भूमिका निर्वाह नगरेसम्म सहकारी क्षेत्र बलियो हुन नसक्ने धारण राखे । आर्थिक बर्ष २०७८÷७९ मा संस्थाको क्षमत अभिबृद्धिको लागि सञ्चालन सम्बन्धि सम्पूर्ण तालिम, शैक्षिक भ्रमण, गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रम हरु नियमित रुपमा सन्चालन गर्ने बताए । अध्यक्ष रामहरी बजर्गाँइले आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आजको आवश्यक्ता आर्थिक सम्वृद्धि एवम समुन्नत समाजको निर्माण गर्नु भएको भन्दै त्यसका लागि सहकारी पद्धत्तिलाई एउटा विशिष्ट माध्यम बनाएर आफुहरु अघि बढेको बताए ।
साधारण सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि उप्रेतीले ललितपूर जिल्ला बचत तथा ऋण सहकारी संस्था एकदमै चलायमान भएको र आगामी दिनहरुमा पनि यसरी नै अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्न गरका थिऐ । उनले शुसाशन , वित्तिय अनुसाशनका कुरामा ध्यान दिएर सहकारीलाई अघि बढाउन निर्देशन दिए ।
सभामा उपस्थित अन्य पदाधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपायहरु अवलम्बन गर्दै हकारी संस्कार र संस्कृतिको विकासमा जोड दिनु पर्ने बताएका थिए । संघले साझा घोषण पत्र २०७८ पनि जारी गरेको छ ।

