FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्यले धान खरिद नगरेपछि कैलालीका किसान चिन्तित

    • कृषि टि.भी.
    • १ साल अघि
    • ४२ पटक पढिएको
    खाद्यले धान खरिद नगरेपछि कैलालीका किसान चिन्तित

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीका किसानको धान खरिद नगरेपछि किसान चिन्तित बनेका छन । यसबर्ष कैलालीको किसानको अधिकांश धान वेमौसमी वर्षाका कारण बाढी र डुबानमा परेर थियो । डुबानबाट बचेको धान खाद्यले खरिद नगर्दा अर्को वर्ष धान रोप्नका लागि खर्चको जोहो गर्न समस्या हुने किसानहरुले बताएका छन । टीकापुर नगरपालिका–वडा नम्बर ७ ले किसानको धान खरिदका लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने भन्दै किसानसँग बाढी र डुबानबाट बचेको धान कुनैपनि हालतमा खरिद गर्नुपर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले गत मङ्सिर २२ गतेदेखि किसानको धान खरिद सुरु गरेको थियो ।हालसम्म १४ क्विन्टल धान खरिद गरिसकेको खाद्यले किसानसँग गुणस्तरीय धान नभएका कारण धान खरिद गर्न समस्या भएको भन्दै धान खरिद रोकेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित