FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ऊखुको न्युनतम समर्थन मूल्य तोक्ने तयारी अन्तिम चरणमा

    • कृषि टि.भी.
    • १ साल अघि
    • २० पटक पढिएको
    ऊखुको न्युनतम समर्थन मूल्य तोक्ने तयारी अन्तिम चरणमा

    काठमाडौं । सरकारले हरेक वर्ष तोक्दै आएको ऊखुको न्युनतम समर्थन मूल्य यसवर्ष पनि निर्धारण गर्ने तयारी गरेको छ । ऊखु क्रसिङको सिजन सुरु भएसँगै ऊखुको समर्थन मूल्य तोक्न लागेको हो । न्युनतम समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसअघि नै ऊखु उत्पादन हुने पकेट क्षेत्रमा कर्मचारीको टोलीलाई विवरण संकलनका लागि पठाएको थियो । मूल्य कति बढेको छ, ढुवानी, उत्पादन लागतका आधारमा ऊखुको समर्थन मूल्य तोक्ने मन्त्रालयको तयारी छ । गत वर्षको तुलनामा यसवर्ष मूल्यवृद्धिका कारण ऊखुको समर्थन मूल्य केही बढ्ने आंकलन गरिएको छ । गत आर्थिक वर्षमा सरकारले ऊखुको प्रतिक्विन्टल सर्मथन मूल्य ५४४ रुपैँया तोकेको थियो । जसमा किसानले ऊखु बिक्रि गरेबापत प्रतिक्बिन्टल ६५ रुपैयाँ सरकराले अनुदानको रुपमा दिँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित