- Loading...
गाइभैसीमा देखा परेको बाँझोपन निराकरण लागि बर्दियामा घरदैलो अभियान सञ्चालन
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


शिवा शार्मा । बर्दियाको तीन स्थानीय तहमा पशुमा देखिएको समस्या निराकरणका लागि घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र राष्ट्रिय पशु प्रजनन स्वास्थ्य कार्यक्रम बाँकेसँगको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमबाट १ सय भन्दा बढी पशुहरुको परीक्षण गरिएको छ ।

बर्दियामा दुधालु गाइभैसीमा देखा परेको बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दियाको आयोजना तथा राष्ट्रिय पशु प्रजनन स्वास्थ्य कार्यक्रम बाँके र स्थानिय तहको समन्वयमा घर दैलोमै पुगेर कार्यक्रम गरेको हो । पशुपालक कृषक लक्षिराम रैदासले यस्ता कार्यक्रमले पशुमा देखा पर्ने विभिन्न समस्याहरु समाधान गर्दै लैजान सहयोग मिल्ने बताए ।
घरदैलो कार्यक्रम पुष ७ गते बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा न. १ को मोतीपुर गाँउबाट सुरु भएको थियो भने कार्यक्रम गेरुवा गाँउपालिका हुदै पुष ९ गते बढैयाताल गाँउपालिकाको वडा न. ७ र ८ को रामगौडी पडरीया ,कर्णालीपुर तिलकाना ,पशुपति बजार ,पचासा र रानीपुर गाँउमा आएर सम्पन्न भएको छ । घरदैलो कार्यक्रमले पशुहरुमा देखिएको बाझोपन निराकरण गर्ने, अनुत्पादक पशुहरुलाई दुधालु बनाएर दुधको उत्पादन र मासुको उत्पादनमा वुद्धी गर्ने मुख्य उद्देश्य रहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाका पशु विकास अधिकृत डाक्टर सुमन खनालको भनाइ छ ।
यस्तै राष्ट्रिय पशु प्रजनन स्वास्थ्य कार्यक्रम बाँकेका पशु विकास अधिकृत डाक्टर मिलन कुमार चौधरीले पशुहरुमा पोषणको कमी देखिएको बताए ।
तीन दिन सञ्चालन भएको कार्यक्रमबाट स्वास्थ्य परिक्षण भएका पशुहरुको तीन महिनासम्म फलोअप गर्ने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाका निमित्ति कार्यालय प्रमुख अनिल कुमार शर्माको भनाइ छ ।
यस्तै बढैयाताल गाउँपालिका वडा नं ७ का वडाध्यक्ष इन्द्र प्रसाद लुँइटेलले वडालाइ दुध उत्पादनमा विकास गर्दै लगेको कारण किसानहरुको लगानी खेर नजाओस भनेर समय मयमा पहल गरिरहेको बताए ।
उक्त कार्यक्रमबाट १ सय २० वटा गाई भैसीलाई बाझोपन निराकरण गरी दुधालु बनाउनको लागि उपचार गरीएको र अन्य पशुहरुको स्वास्थ्यमा देखिएको समस्याहरुको समाधान समेत गरीएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय गुलरिया बर्दियाले जनाएको छ ।

