- Loading...
पथलैया औधोगिक कोरिडोरका कारण दिनप्रतिदिन र्सिसिया नदी प्रदुषणको शिकार बन्दै
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


राम मण्डल, पर्सा । वीरगञ्जमा रहेको र्सिसिया नदीमा पथलैया औधोगिक कोरिडोरमा रहेका उधोगहरुले प्लान्टबाट निस्केको फोहोर सिधै नदीमा फाल्दा बर्षाैदेखि र्सिसिया नदी प्रदुषणको शिकार बन्दै आएको छ । कोरिडोरमा रहेका उधोगहरुले मनोमानी तरिकाले उधोगबाट निस्केको फाहोर सिधै नदीमा मिसाउदाँ नदी प्रदुषित भई स्थानीयबासीहरु रोगको शिकार बन्दै आएका छन । तर, त्यसलाई रोक्न हालसम्म पनि प्रशासन, सरकार वा कसैले पनि ध्यान दिएका छैनन् ।

उद्योगहरुले जथाभाबी फोहोर फालेर प्रदुषित गरेको वीरगञ्जको र्सिसिया नदीलाई प्रदुषणमुक्त बनाउन कसैको ध्यान नगएपछि सरोकारवालाहरुले स्वच्छता अभियानमार्फत दबाब दिन शुरु गरेका छन । वीरगञ्ज पथलैया औधोगिक कोरिडोर उधोगहरुले जथाभाबी आफनो प्लान्टबाट निस्केको फोहोर र्सिसिया नदीमा फालेर प्रदुषित गरेपनि यहाँका स्थानीय प्रशासन, प्रहरी ,प्रदेश सरकार कसैले पनि नदी प्रदुषणमुक्त गर्न ध्यान नदिएपछि सरोकारवालाहरुले दबाब मुलक कार्यक्रम गरिरहेका छन । सोहीक्रममा र्सिसिया नदी एवम् वीरगञ्ज प्रदुषणमुक्त अभियानले वीरगञ्ज नदी प्रदुषणर््ामुक्त गराउन सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्र्तगत रहेका उधोगहरुले फोहोर सिधै र्सिसिया नदीमा फाल्दै आएको भएपनि यसको सफाईमा कसैको ध्यान नगएको सरोकारवालाहरुले बताएका थिए । उनीहरुले स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी, प्रशासन उधोगी लगायत कसैको पनि ध्यान र्सिसिया नदीलाई स्वच्छ गर्नेतर्फ हालसम्म नपुेको गुनासो गरे । र्सिसिया नदीको पानी अहिले धेरै नै प्रदुषित भएको तथा यसले बिभिन्न रोगहरु पनि नित्याएको छ ।
केही बर्ष पहिलेसम्म स्थानीयहरु र्सिसिया नदीको पानी पीउने, कपडा धुने र नुहाउँने गथ्र्यै । तर, उद्योग सञ्चालनमा आएपछि उनीहरुले खोलाको पानी प्रयोग गर्न पाएनन् । उद्योगले सबै फोहोर त्यहाँ मिसाउँदा नदी अहिले प्रदुषित बनेको छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले र्सिसिया नदीलाई सफाई गर्नुपर्ने आवशयकता रहेको बताउदै नदीको सफाईमा सबै जना मिलेर लाग्नु पर्नेमा जोड दिए । उनले प्रहरी प्रशासन र स्थानीयले मात्र नभई सबै पक्षहरु मिलेर नदि सफा गर्नुपर्नै बताए ।
वीरगञ्ज महानगरपालिका–३२ रामनगर टोलस्थित जँगलमा मुहान रहेको र्सिसिया नदीमा वीरगञ्ज पथलैया औधोगिक कोरिडोरका दर्जन भन्दा बढी उधोगले प्लान्टबाट उत्पादित फोहोरहरु सिधै नदीमा मिसाउदै आएका छन । नदी प्रदुषित हुदा महानगरको वडा नम्बर ३२,३०,२१,२२,२३,२४ लगायत वडाका स्थानीयहरु बर्षैदेखि प्रदुषणको शिकार बन्दै आएका छन् ।

