- Loading...
माछापालनको हब बन्दै नवलपरासी
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको


काठमाडौं । केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा माछापालन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएपछि माछापालन गर्ने क्षेत्रमा पनि वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७७÷७८ माछा पोखरीको क्षेत्रफल दुई सय १० हेक्टर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा माछापालन हुँदै आएको क्षेत्रफल १ सय ८१ हेक्टर रहेको थियो । प्रदेश सरकारले माछापालनको क्षेत्रफल विस्तारका लागि चालू आर्थिक वर्षमा एक करोड १७ लाख वजेट विनियोजन गरेको छ । पुराना पोखरी मर्मत, मत्स्य भूरा नर्सरी कार्यक्रम, मत्स्य उपकरण तथा सामाग्री सहयोगलगायतका कार्यक्रम चालू आर्थिक वर्षमा समेत सञ्चालन हुने प्रदेश सरकारले जनाएको छ । पाँच वर्ष अघि ८० प्रतिशत भारतीय माछाको बजार रहेको जिल्लामा अहिले ३० प्रतिशतमा झरेको छ । नवलपुरमा अहिले ७ सय ८ वटा माछा पोखरी रहेका छन् ।।


