- Loading...
सुन्तला किन्न व्यापारी बगैँचामा पुग्न थाले
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


काठमाडौं । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् । पश्चिम म्याग्दीको बास्कुना, मरेक, राखु, र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका छन् । सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । सुन्तलामा औँसा नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ । यसबर्ष उत्तरी म्याग्दीको अधिकांस स्थानमा लगाइएको सुन्तलामा औँसा कीरा लागेको छ । सुन्तलामा औँसा कीरा लागेपछि विस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्नेजस्ता समस्या देखिन्छ । बोटमा सुन्तला राम्रैसँग फलेपनि औँसा कीराका कारण दाना भने पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको किसानहरुले बताएका छन् ।।


