- Loading...
साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारणसभा सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


एल.एन.गच्छदार । मोरङको ग्रामथान गाउँपालिका वडा –२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २३ औं बार्षिक साधारणसभा मनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन् ।

२०४३ साल देखि आयोजनाको रुपमा संचालन भई २०५४ सालमा सहकारीमा स्थापना भएको सहकारी संस्थाले विगत ३५ वर्ष देखी आफ्ना सेयर सदस्य र समाजमा सेवा दिदै आएको छ । संस्था साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको अध्यक्ष कार्कीले बताए । संस्थाले मोरंगमै शहकारीको हकमा सबैभन्दा सहुलिय ऋण कर्जा ब्याजदर ९.७५ प्रतिशत सम्म दिदै आएको छ । संस्थाले सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन, तकारी खेति, बिउ वितरण गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरंगका उपाध्यक्ष शोभितमान पौडेलले राज्यले बनाएको नीति तथा कार्यक्रम बलियो भएपनि ब्यबहारमा फितलो भएको धारणा राखे । संस्थाका सदस्यहरु कृषि पेशा संग जोडिएका भएपनि कोभिड र विषम बाढीले किसानलाई सास्ती दिएको अवस्थामा राज्यले नहेरेको उनको भनाई छ ।
किसानले पाउनु पर्ने अनुदान नपाएको र कृषि सहकारी संथाले स्थानीय तहमा योजना लिएर जादाँ सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको आरोप लगाए । साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ जोड दिनुपर्ने बताए । साना किसान कृषि सहकारीले गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु संगठन बिस्तार गरि ९७ समुहमा ५ सय २५ जना सदस्य पुर्याई शेयर पुँजी ६१ लाख ७६ हजार ३ सय रुपैया पुर्याएको छ । त्यसैगरी संस्थाको निक्षेप १ करोड ८७ लाख ४७ हजारमा वृद्धि भएको छ । ऋण लगानी ३ करोड ६७ लाख ४१ हजार पुर्याएको छ । सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानीको ८ लाख ५१ हजार १ सय ९१ रुपैया बचत गरेको छ ।

