FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

    जलेश्वर । भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले जानकारी दिए । जलेश्वर, बलवा, मनरासिस्वा, भङ्गाहा नगरपालिका तथा महोत्तरी गाउँपालिका क्षेत्रमा करिब २०० पशुमा खोरेत रोग देखिएको थियो । सो रोगलाई नियन्त्रण गर्न तथा अन्य पशुमा सर्नबाट रोक्नका लागि आजदेखि खोप लगाउन सुरु भएको उनले बताए ।

    खोप सञ्चालनका लागि कार्यालयले ४३ करारका कर्मचारी खटाइएको छ । यसअघि सो कार्यलयले १२ हजार पशुलाई सो रोग विरुद्धको खोप पनि लगाइसकेको कार्यालय प्रमुख डा ठाकुरले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित