FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अज्ञात रोगले पशु चौपाया मर्न थाले

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    अज्ञात रोगले पशु चौपाया मर्न थाले

    सप्तरी । सप्तरीको पश्चिमी भेगको बोदेबर्साइनमा फैलिएको अज्ञात रोगले पशु चौपाया मर्न थालेका छन् । बोदेबर्साइन नगरपालिका– ५ मा एक सातादेखि फैलिएको सो रोगको सङ्क्रमणबाट करिब एक दर्जन पशुचौपाया ग्रसित भएको बताइएको छ । अज्ञात रोगको सङ्क्रमणबाट केही पशुचौपाया मरेका छन् ।

    चौपायाको मुखबाट ¥याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएको छ । अज्ञात रोगले चौपाय मर्न थालेपनि सरोकारबालाले गम्भीरता नदेखाएको भन्दै स्थानीय किसान चिन्तित भएका छन् । तत्काल रोग पत्ता लगाएर उपचार गर्न स्थानीय किसानहरुले आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित