- Loading...
किसानले धानको क्षतिपूर्ति अझै पाएनन्, गहुँ छर्नपनि मल र बीउ अभाव
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


काठमाडौं । धान क्षति भएको तीन महिना वित्न लाग्दा पनि किसानहरुले क्षतिपूर्ति पाएका छैनन् । असोजको अन्तिम साता परेको बेमौसमी बर्षाले तराईका अधिकासं क्षेत्रका किसानहरुले लगाएको धान बाली डुबेको थियो । झापा विर्तामोड नगरपालिका वडा नं ३,४ र ७ का किसानहरुले पनि बेमौसमी बर्षाका कारण ठूलो क्षति व्यहोर्नु पर्यो । सरकारले क्ष्ाित व्यहोरेको किसानलाई तत्काल राहात उपलब्ध गराउने बताउँदै आएपनि हालसम्म पीडित किसानले क्षति पूर्ति पाएका छैनन् ।

क्षति भएको विवरण नगरपालिकामा सिफारिस गरेको दुई महिना वित्दा पनि अहिले सम्म क्षति पूर्ति नपाएको झापा विर्तामोड वडा नं ४ का किसान गोपाल उपे्रतीले बताएका छन् । उनले भने “१५ कठ्ठामा लगाएको धानबाली क्षति भएको थियो । क्षतिपूर्तिका लागि नगरपालिकामा सिफारिस दिएको दुई महिना वित्यो तर आजसम्म हामी पीडित किसानहरुले क्षतिपूर्ति पाएका छैनौं ।”
त्यतीमात्र हैन उनले गहुँ लगाउने समयमा आवश्यक पर्ने मल, बीउ समेत नपाएको समेत उप्रतीले गुनासो गरे ।

