FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मूल्य निर्धारण नहुँदै किसानहरुले काट्न थाले उखु

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३२ पटक पढिएको
    मूल्य निर्धारण नहुँदै किसानहरुले काट्न थाले उखु

    सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् । यता नेपाल उखु उत्पादक महासङ्घले भने सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने जनाएको छ । संघका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल बिना निष्कर्ष टुङ्गिएपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन सकेको छैन ।

    विभिन्न उखु उत्पादक किसान सम्बद्ध सङ्घ–सङ्घठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति–क्विन्टल ६८० भन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् । उद्योगले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानलाई भुक्तानी गर्ने गरी उखु क्रसिङको तयारी थालेको जनाएको छ ।

    मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्र्जी वितरण गर्न थालेको बताइएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित