FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिरहामा दुई दिन निषेधाज्ञा जारी

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    सिरहामा दुई दिन निषेधाज्ञा जारी

    काठमाडौं । जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेको छ । सिरहाको औरही गाउँपालिकाको कार्यालयले समयमा गहुँको बिउ वितरण नगरेको भन्दै किसानहरुले गोदाम फोरेर गहुँको बिउ लगेका थिए । सोही घटनामा प्रहरीले किसानलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका किसानलाई बिना सर्त रिहाईको माग गर्दै जनमत पार्टीले सिराहामा बन्द हडटाल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

    जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारीले जनाकारी दिएका छन् ।

    तोकिएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न, राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को २) र ३) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यो आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित