
- Loading...
माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुरमा कृषि यन्त्र औजार तथा उपकरणहरुको प्रदर्शन हुँदै
- कृषि टि.भी.
- १ साल अघि
- १२ पटक पढिएको


काठमाडौं । कृषि यन्त्र , औजार, उपकरण तथा प्रविधिको बृहत प्रदर्शनी साथै मेड इन नेपाल प्याभिलियन २०७८ हुने भएको छ । चितवनको भरतपुरमा यहि माघ ५ देखि ८ गतेसम्म हुने मेलामा कृषि यन्त्र औजार तथा उपकरणहरुको प्रदर्शन हुने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुन लागेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव एवम् एस के टी नेपालका प्रवन्धक कृष्ण शर्माले बताए ।

कार्यक्रममा सबै बैँक एकै थलोमा बुझौ र बुझाऔ कृषि कर्जा बारेमा भन्ने अभियानसहित नेपालमै पहिलो पटक कृषि कर्जा मेला आयोजना हुन लागेको आर एण्ड डी इनोभियटिभ सोलुसनका शुष्मा शर्माको भनाइ छ ।
कार्यक्रममा १५० भन्दा बढी प्रदर्शनीकर्ता, २ हजार भन्दा बढी प्रकारका उपकरणहरु र १ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता हुने अनुमान गरिएको छ । कार्यक्रमको मुख्य प्रायोजक सलोम एग्रीकल्चरका प्रवन्धक श्री कृष्ण शर्माले कार्यक्रम सम्पन्न गर्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए । यसैगरी नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटवालले कृषि व्यवसायी, युवा सबैलाइ समेटेर अगाडि बढिरहेको बताए ।
कार्यक्रममा १ करोड बराबरको खर्च हुने अनुमान गरिएको छ । मेलाको मुख्य प्रायोजक शलोम एग्रीकल्चर प्रा.लि, प्रायोजक मुक्तिनाथ कृषि कम्पनी,मुक्तिनाथ विकास बैँक रहेको छ भने विभिन्न कृषि क्षेत्रमा काम गर्दै आएका कम्पनीहरु सहप्रायोजक, सहयोगी सस्थाको रुपमा रहेको छ ।

