- Loading...
देशको अधिकांश भूभागमा वर्षा र हिमपात
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको

|vKt8sf] lemu|fgfdf lxdkft 8f]6L, !* k'; M 8f]6Lsf] k'jL{rf}sL ufpFkflnsf;Fu} hf]l8Psf] vKt8 lemu|fgfdf k/]sf] lxdkft . lxdkftn] lr;f] a9]kl5 :yfgLosf] hghLjg k|efljt ag]sf] 5 . t:jL/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भएको छ । काठमाडौँ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ ।

बिहीबारदेखि क्रमिकरुपमा मौसम कमजोर बन्दै जाने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । बर्षाका कारण काठमाडौं उपत्यका लगाएत देशभरको जनजिवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री रहेको थियो ।

