FLASH NEWS
- Loading...
म्याग्दीमा यस बर्ष धान उत्पादन घट्यो
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


काठमाडौं । म्याग्दीमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको हो । गत वर्ष तीन हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ८ सय ८५ हेक्टरमा धानखेती भएको थियो । १३ हजार ३ सय ६० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । मकै उत्पादन भने बढेको छ । यस वर्ष नौ हजार ४ सय ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यस बर्ष ३२ हजार २१० मेट्रिक टन उत्पादन भएको छ ।


प्रतिक्रिया दिनुहोस
