FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय च्याउ दिवस तथा दोस्रो राष्ट्रिय सम्मेलन

    • कृषि टि.भी.
    • १ साल अघि
    • २८ पटक पढिएको
    राष्ट्रिय च्याउ दिवस तथा दोस्रो राष्ट्रिय सम्मेलन

    काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ दिवसको अवसरमा हेटौंडामा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहिबार र शुक्रबार हुने सम्मेलनले च्याउको उत्पादन, बजार व्यवसायको वृद्धिमा योगदान पुर्याउने संघले जनाएको छ ।

    तेस्रो राष्ट्रिय च्याउ दिवसको अवसरमा हेटौडामा बिहिबारदेखि राष्ट्रिय सम्मेलन सुरु भएको छ । राष्ट्रिय सम्मेलनले च्याउ उत्पादक किसानहरु संगठित भएर अघि बढ्न सहयोग मिल्ने संघका अध्यक्ष प्रेम नारायण अधिकारीले बताए । संंघले विगत ३ वर्ष अघि २०७६ पुस ९ देखि २९ गते सम्म मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान संचालन गरेको थियो । त्यही क्रममा वाग्मती प्रदेशको सदरमुकाम हेटौंडामा भएका ऐतिहांसिक समारोहमा वाग्मती प्रदेश सरकार र च्याउ उत्पादक किसान संघले संयुक्त रुपमा पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । संघका अध्यक्ष अधिकारीले देशभरका च्याउ उत्पादक किसान साथीहरुलाई संगठित गर्दै च्याउको उत्पादन, बजार व्यवसायको अभिवृद्धिमा शसक्तरुपमा योगदान पुर्याउने मुख्य उद्धेश्य रहेको बताए ।

    च्याउ उत्पादक किसान संघ अहिले ४० जिल्लामा विस्तार भएको छ भने ५१ हजार जना च्याउकर्मीहरु प्रत्यक्षरुपमा जोडिएका छन् । अहिले पनि च्याउ उत्पादक किसानलाई आवश्यक पर्ने मल, बीउ विजन, बजार, लागत अनुसारको मूल्य नपाएर छटपटाइरहेका छन् । र, त्यो अवस्था च्याउ किसान र उद्यमीले पनि बेहोर्नुु परिरहेको संघले जनाएको छ । सरकारले च्याउ उत्पादन सम्बन्धि जारी गरेको बीमा, सहुलियत दरमा कृषि कर्जा उपलब्ध गराउने घोषणा गरे पनि ती घोषणाको कार्यान्वयन हुन सकेको छैन । त्यसको लागि निरन्तररुपमा आवाज उठाउंदै आइरहेको र अबका दिनमा ती आवाजलाई अझ शसक्तरुपमा उठाउनु पर्ने आवश्यकता रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

    यस बर्षको च्याउ दिवसको नारा “च्याउ किसानहरुको जागरुकता,व्यवसायिक उत्पादनमा आत्मनिर्भरताू भन्ने रहेको छ । च्याउ महोत्सव शुक्रबार सम्म संचालन हुने छ । हाल च्याउ उत्पादक किसान संघले संस्थागत रुपमा उत्पादन र बजारीकरणलाई जोड्ने पहलस्वरुप मकवानपुरमा आफ्नै १० कट्ठा जग्गामा ३ करोड रुपैंयाको लागतमा मोर्डन एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको स्थापना गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित