- Loading...
किसान माथि हातपात गर्ने वडा अध्यक्षलाई कारबाही गर्नुपर्ने माग
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको


शिवा शार्मा । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं ९ का अध्यक्ष हरि प्रसाद पासवानले क्षतिपूर्तिको माग गर्दै वडा कार्यालय पुगेका किसानमाथि हातपात गरेको घटना प्रति विभिन्न राजनीतिक दल खेद प्रकट गरेका छन् । सो घटनामा बर्दिया जिल्ला भित्रका सबै प्रमुख राजनीति दलहरु न्ोपाली काग्रेस, नेकपा एमाले ,जनता समाजवादी पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य साना राजनीतिक दलहरुका साथै विभिन्न किसान संगठनका साथै नागरीक समाजका अगुवाहरुले भर्सना गरेका हुन् । राप्रपाका जिल्ला अध्यक्ष भिम बहादुर बोहराले कार्यकर्ता बोलाएर किसानमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारबाही गर्नुपर्ने बताए ।

जनता समाजबादी पार्टी बर्दिया नगरका अध्यक्ष विष्णु यादवले किसानहरुलाई अनावश्यक गाली दिने र विभिन्न पार्टीका गुडाहरु र बाहिरका अराजकतत्वहरुलाई बोलाएर किसानहरुलाई धक्कामुक्का र हातपात गर्ने वडा अध्यक्षको कार्यप्रति पार्टीको ध्यानआर्कषण भएको बताए ।
जिल्लाको अन्य पालिकाका किसानहरुले बैमौसमी बर्षातका कारण व्यहोरेको क्षतिको क्षतिपूर्ति सहजै पाएको भएपनि गुलरियाको हकमा वडा कार्यालयले धेरै भेदभावपूर्ण व्यवहार गरेको बताउँछन् नेकपा एमाले बर्दिया सचिवालय सदस्य कृष्ण खनाल ।
त्यस्तै, नेपाली काग्रेस बर्दियाले दोषिलाई छिटो भन्दा छिटो कार्वाही गर्न प्रशासान सँग आग्रह गरेको छ ।
यता, जिल्ला प्रशासन कार्यालयले भने वडामा भएको गतिविधि र कार्यालयमा परेको निवेदनलाई मध्य नजर गर्दै त्यहाँ पुनरा अवलोकन आवश्यक रहेको विषयमा संम्बन्धित निकायलाई पत्रचार गरेको जनाएको छ ।
वडाका १५ सय किसानहरुले बेमौसमी वर्षातले गर्दा धानबाली क्षति भएको निबेदन वडा कार्यालयमा दिएका थिए तर वडा अध्यक्ष हरी प्रसाद पासवानले आफना नातेदार र पार्टीको कार्यकर्ताहरुको मात्र नाम सिफारीस गरी नगरपालिका पठाएको थाहा पाएपछि वडा न. ९ का किसानहरुले विरोध स्वरुप वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाउन जादाँ वडा अध्यक्षले आफना भाई भतिजा र पार्टीका कार्यकर्ताहरु लगाएर ज्ञापन पत्र बुझाउन गएका किसानहरु माथि २०७८ पुष ७ गते कुटपिट गरेका थिए ।

