- Loading...
च्याउ उत्पादक किसान संघको अध्यक्षमा कार्की निर्वाचित
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


काठमाडों । च्याउ उत्पादक किसान संघको नयाँ नेतृत्व चयन भएका छन । राष्ट्रिय च्याउ दिवशका अवसरमा हेटौंडामा आयोजित किसानहरुको राष्ट्रिय सम्मेलनले सन्तोष काकीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

बाग्मती प्रदेशको राजधानी हेटौडामा आयोजित दोस्रो राष्ट्रिय च्याउ सम्मेलनले च्याउ उत्पादक किसान संघको नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्षमा सन्तोष कार्की निर्वाचित भएका छन् । राष्ट्रिय च्याउ दिवशका अवसरमा हेटौंडामा आयोजित किसानहरुको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व छनोट गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा सिताराम तिमल्सिना र महासचिवमा विकास रिमाल निर्वाचित भएका छन् । सचिवमा तीनजना पदाधिकारी निर्वाचित भएका छन् । सचिवमा रामहरि घिमिरे, रमेश सापकोटा, शिव सन्जेल निर्वाचित भएका हुन् । अध्यक्ष सन्तोष कार्कीले ९८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्धन्द्धी सुरेन्द्र गिरी कार्कीले उनको भन्दा १३ मत कम पाएका थिए । यस्तै, महासचिब विकास रिमालले ८८ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी सरोज नेपालले ८५ मत पाएका थिए । त्यस्तै कोषाध्यक्षमा विनोद पौड्याल निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष कार्कीले सरकारले च्याउ उत्पादन क्षेत्रमा तोकेको विमा, सरकारले कृषि क्षेत्रमा सामान आयात गर्दा सहुलियत दिनुपर्ने लगायत च्याउ उत्पादनमा देखा परेको समस्याहरु समाधान गर्न पहल गर्ने बताए ।
यता, संघको प्रदेश कमिटीमा सातवटा प्रदेशमा सातजना उपाध्यक्षमा निर्वाचित भएका छन् । जसअनुसार, प्रदेश नम्बर १ मा बमलाल खवास, प्रदेश नम्बर २ मा ध्रुव चौलागाईं, बागमती प्रदेशमा उमेश गौत, उपत्यका प्रदेश कमिटी प्रदेश नम्बर ३ मा रविन्द्र श्रेष्ठ, कर्णाली प्रदेशमा विजय ज्ञवाली र सुदुर पश्चिम प्रदेशको उपाध्यक्षमा मनोज बडाल निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष प्रेमनारायण अधिकारीले जानकारी दिए ।
दुइ दिनसम्म आयोजना भएको सम्मेलनमा मुलुकभरका २ सय भन्दा बढी च्याउ उत्पादक किसानहरुको सहभागीता रहेको थियो ।

