FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • साउन यता चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरे

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    साउन यता चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरे

    काठमाडौं । चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउन यता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले चितवनका अनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । एउटा गैँडा करेन्ट लागेर भरतपुर महानगरपालिका–१६ मा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ । चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको अवस्थामा फेला परेको हो । यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको छ । गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित