FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाको बुद्धशान्ति गाउँपालिकामा हात्ती आतंक, स्थानीय त्रसित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    झापाको बुद्धशान्ति गाउँपालिकामा हात्ती आतंक, स्थानीय त्रसित

    काठमाडौं । जंगली हात्ती गाउँ पस्न थालेपछि झापाको बुद्धशान्ति गाउँपालिकाका स्थानीयबासी क्रसित बनेका छन्् । हात्तिले खेत बारीमा लगाएको फलफूल, अन्नबाली नष्ट मात्र गरेको छैन पक्की घरसमेत भत्काइदिएको छ । मानविय क्षति पनि हुनसक्ने भएकाले सरकारसँग समस्या समाधानका लागि स्थानीयबासीले आग्रह गरेका छन्् ।

    बेला बेलामा नेपालको अधिकांश ठाउँमा जगंली हात्तिका कारण जनधनको क्षति भएको खबर आउने गर्छ । कहिले किसानको खेतमा, कहिले घरमै पसेर धनजनको क्षति गरेको सुन्छौ । वर्षेनी यस्ता समस्या झेल्न किसान बाध्य छन । तर, सम्बन्धित निकायले यसतर्फ ध्यान नदिदा किसानको मन भने खिन्न छ । यस्तै जंगली हात्तिको समस्या झेलिरहेको एक गाउँ हो भmापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ बुधबारे । यहाँ जंगली हात्तिको प्रकोप बढ्दो छ । विगत ३–४ महिनादेखि हात्तिले किसानले लगाएको तरकारी र अन्नबाली नष्ट गर्नुको साथै भौतिक क्षति पनि भएको स्थानीय किसान बताउँछन । हात्तिको विगविगीले असुरक्षित महसुस गरिरहेको अवस्थामा हात्ती व्यवस्थापनका लागि स्थानीय सरकारबाट कुनै पहल नभएको हात्ति मानव द्वन्द न्युनिकरणका अध्यक्ष सिताराम बास्तोलाले बताए । जंगलबाट आउने हात्ती व्यवस्थापनका लागि डिभिजन वन कार्यालयमा पटक पटक पत्राचार गर्दा पनि कुनै सुनुवाई नै भएको छैन ।

    हात्तिले किसानले लगाएको तरकारी र अन्नबाली, गाइवस्तुको लागि लगाएको घाँस र सुपारिका बोटहरु मात्र नष्ट गरेको छैन शुक्रबार विहान करिब ४ बजे तिर त पक्की घर नै भत्काइदिएको छ । तीन चार महिनादेखि यस्ता समस्या झेल्दै आएका स्थानीयले सम्बन्धित निकायलाई पत्रचार गरेपनि जिम्मेवार निकाय भने कानमा तेल हालेर मस्त निदाएको छ । आँखै अगाडी सयौं किसानको मेहनत र स्थानीयको वास हातिले उजाड पारिरहदाँ न त स्थानीय सरकारको ध्यान पुगेको छ न सम्बन्धित निकायको नै । गाउँमा हात्ति छिरेपछि बुधबारेका किसानका रात अनिदोमा वितेको छ ।

    किसानको पिडा कस्ले सुनि दिने अहिले मेची नगर आसपास र बुद्धशान्ति गाउँपालिकामा हात्तिले तहलका मच्चाएको छ । स्थानीय सरकार र डिभिजन वन कार्यालय सँग स्थानीयले हारगुहार मागि रहेका छन्, हाम्रो वासस्थान उजाडिने भयो, लगाएको अन्नबाली सबै मासिदियो लौन हात्ति नियन्त्रण गरिदिन पर्यौ भनेर तर, अह जिम्मेवार निकायले केही गरेको छैन । चारकोशे झाडीको रुपमा परिचित जलथल जङ्गल झापाका रैथाने हात्तीको मूल वासस्थान हो । जंगली हात्तीका कारण बर्षेनी आफन्त, धनसम्पत्ति गुमाएका प्रभावितहरुलाइ राहत मात्र दिने होइन कि यस्ता समस्याको दिगो रुपमा समाधान गर्नका लागि सम्बन्धित सबैले ठोस कार्ययोजना बनाएर कार्यन्वयन गर्न जरुरी छ ताकि आगामी दिनमा हात्ति आतंकबाट कसैले पनि दुःख नपाउन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित