FLASH NEWS
- Loading...
विभिन्न कार्यक्रम गरी मनाइयो पोल्ट्री दिवस
- कृषि टि.भी.
- १ साल अघि
- १९ पटक पढिएको


काठमाडौं । विभिन्न कार्यक्रम गरी आज पोल्ट्री दिवस मनाइएको छ । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पोल्ट्री दिवस मनाइँदै आएको छ । वि.सं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो । देशैभरका पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस दिन विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । आज नेपाल अण्डा उत्पादक सङ्घले नवौँ पोल्ट्री दिवसको अवसरमा धनगढीमा कार्यक्रम आयोजना गरेको थियो । कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अधिकारी एवं निजी क्षेत्रको सहभागिता कार्यक्रम गरीएको हो । यसअघि सङ्घले पाँच पटक चितवनमा र अन्य वर्षमा पालैपालो बुटवल, झापा, सुर्खेतमा कार्यक्रम गरेको थियो ।।


प्रतिक्रिया दिनुहोस
