- Loading...
पीडित किसानले अझै पाएनन् क्षतिपूर्ति
- कृषि टि.भी.
- १ साल अघि
- ३१ पटक पढिएको


भक्तपुर । भक्तपुरका किसानहरुले अझै पनि क्षतिपूर्ति पाएका छैनन् । धानमा दाना नलागेर पीडित बनेका किसानहरुलाई पुस १२ गतेदेखि क्षतिपूर्ति दिइने भनेपनि आजसम्म क्षतिपूर्ति नदिएको किसानहरुले गुनासो गरेका छन् । यता, पीडित किसानलाई राहत दिने जिम्मेवारी पाएको बीउ बिजन गुणस्तर केन्द्र भने विभिन्न कारणले क्षतिपूर्ति वितरणमा ढिलाइ भएको बताउँछ । किसानहरुको लालपुर्जा, बीउ किनेको बिल आवश्यक हुने हुँदा त्यसको भेरिफाइमा समय लागेकाले क्षतिपूर्ति वितरणमा ढिलाइ भएको बताइएको छ । डीआई २८ जातको हाइब्रिड धानको बीउ आयात गर्न अनुमति पाएको काष्ठमण्डप ट्रेड पोइन्टलाई आइतबारबाट क्षतिपूर्ति वितरण गर्न निर्देशन दिइसकेको पनि बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ । आइतबार पनि क्षतिपूर्ति वितरण नगरे बीउ विजन ऐन अनुसार कार्बाहि गर्ने बताइएको छ । डिवाई २८ जातका धान लगाएका उपत्यकाका किसानको धानमा दाना लागेको थिएन ।।


