FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हिमपात भएपछि भोजपुरका किसान खुशी

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    हिमपात भएपछि भोजपुरका किसान खुशी

    काठमाडौं । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको किसानहरुको भनाई छ । हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएपनि किसानलाई भने धेरै फाइदा पुगेको छ । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । हिउँ खेल्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित